
Web Pic
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा मंगलबार राति बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले पैदल हिडिरहेकी अन्दाजी ४० वर्षीया महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको छ ।
ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्