२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी


130
Shares

बझाङ । बझाङको एक सहकारी संस्थामा ५ लाख २१ हजार बढी नगद चाेरी भएकाे छ ।

बझाङको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट ५ लाख २१ हजार ८ सय ५ नगद चोरी भएको हो। आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेको र सेफ ताेडेर उक्त रकम चोरेको प्रहरीले जनाएको छ।

उक्त सेफ भवनदेखि अन्दाजी २ सय मिटर टाढा फेला परेको थियो। चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।