
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ ।
अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले अहिलेसम्म ल्याउनु भएको मतको अन्तर बढी रहेकाले जित सुनिश्चित भएको हो ।
महानगरका अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७७७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ तथा एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत पाउनुभएको छ ।
बालेन र सिर्जनाबीच २० हजार ४०६ मतको अन्तर छ ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल झण्डै तेब्बर मतले अगाडि रहनु भएको छ ।
डंगोलले ५३ हजार ६४२ मत ल्याउनु भएको छ भने उहाँको प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ७६५ मत ल्याउनु भएको छ ।
काठमाडौं महानगरका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ ।
योसँगै मेयर र उपमेयरको जित भने सुनिश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्