११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई बिना मोलाहिजा कार्वाही गर्नुपर्छः माधव नेपाल


0
Shares

काठमाडौं, बैशाख २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रष्टाचार गर्नेलाई बिना मोलाहिजा कार्वाही गर्न प्धानमन्त्रीसँग माग गरेका छन् ।

ईमेज च्यानल टेलिभिजनसँग मंगलबार कुरा गर्दै पूर्वधानमन्त्रीसमेत रहेका नेपालले कार्वाही नगरी संरक्षण गर्न खोजिए प्रधानमन्त्रीतर्फ नै प्रश्न खडा हुने बताएका हुन् । 

सञ्चारमाध्यममा भ्रष्टाचार भएको बारेमा त्यत्रा विषय आएको भन्दै नेता नेपालले खोजबिन गरेर सत्यतथ्य पत्ता लगाउन र बदमासीको ठहर गरी कार्वाही गर्न माग गरेका हुन् ।

यत्रा भ्रष्टाचारकाण्डको जिम्मा कसले लिने ? नेकपा पार्टीले कि सरकारले भन्ने प्रश्नको जवाफ दिँदै नेता नेपालले भने, ‘कुनै मोलाहिजा र कुनै संरक्षण नगरीकन कार्वाही गर्नुपर्दछ । संरक्षण गर्न थाल्नुभयो भने तपाईमाथि नै प्रश्न खडा हुन्छ ।’

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको कुरा मात्र आएको नभई बजार मूल्यभन्दा कयौं गुणा बढी मोल तिरेर सामान ल्याएको र त्यो पनि गुणस्तर नै नभएको विषयमा तत्काल छानबीन गरिनुपर्ने उनको भनाइ छ ।

नेता नेपालले भने, ‘जनताले एक एक पैसा जम्मा गरेर, सहयोग गर्ने दाताहरुले दिइरहेका छन् । तलब काटी काटी दिएका छन् । खर्च बचाएर दिइरहेका छन् । एक एक पैसाको ठूलो महत्व हुन्छ । यस्तो बेलामा कुनै व्यापारीले पनि ठग्ने काम नगर्नुहोस् । जनतालाई यस्तो दुःख दिने, सताउने काम नगर्नु होला ?’

सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेता नेपालले यस्तो बेला नाजायज काम गर्नेहरु सल्बलाउन सक्ने र राम्रो काम गरे मात्र जनताको समर्थन पाउने भएकाले गुनासा नआउने गरी काम गर्न सुझाव दिए ।

नेता नेपालले अगाडि थपे, ‘नराम्रो काम गरे समर्थन गुम्छ । भ्रष्टाचारजन्य कामहरु नहोस् । यसबारेमा कम्प्लेनहरु आएका छन् । भाउ बढाएको, कुहिएको सामान दिएको, थोरै सामान दिँ हुनेमा पनि नगरेका कुरा आएको छ । मिठो बोली प्रयोग नगरेको गुनासाहरु आएका छन् ।’

पार्टीको बैठकमा पनि सरकारले गरेका कामको कमीकमजोरीबारे छलफल भएको जानकारी दिँदै उनले गल्ती गर्नेलाई कुनै बहानामा नछाड्न र अनुचित काम गर्नेलाई दण्ड सजायँ दिन भनेको बताए ।

नेताहरुको गिल्ला नगर्न चेतावनी

पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको सर्वदलीय संयन्त्र र प्रधानमन्त्रीले उक्त सयन्त्र अस्वीकार गरेका सन्दर्भमा उनले संयन्त्र बनाए पनि नबनाए पनि प्रमुख प्रतिपक्षीसहित सबैको सहयोग लिन सरकारलाई सुझाव दिए ।

उनले नेताहरुले उठाएका विषय र सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै त्यसलाई नकारात्मक रुपमा नलिन, आक्रोशित नहुन र गिल्ला नगर्न आग्रह गरे ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः