
धनकुटा । धनकुटामा लागु औषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारमा तेह्रथुमको शुक्रबारेबाट धरान तर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा गाँजासहित जुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटा नगरपालिका १ बस्ने १८ वर्षिय अनुप गरुङ्ग र सोही स्थान बस्ने वर्ष २२ का मिसेक राईले बोकेको झोलाबाट अन्दाजी ७५० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको र थप अनुसन्धानका लागि प्रहरी कार्यलय धनकुटा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्