२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तुलसीपुर उपमहानगरमा एमाले विजयी


429
Shares

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत गर्नुभएको हो ।

यस्तै, उपमेयरमा एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ । उहाँले ३० हजार ५९७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१ हजार ०६५ मत प्राप्त गर्नुभएको हो ।

गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको हो ।