४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा दोहोरो अंकको सुधार


13
Shares

काठमाडौं । मंगलबार सामान्य अंकले उकालो लागेको शेयर बजारमा बुधबार दोहोरो अंकको सुधार आएको छ ।

उतार चढावकाबीच १४ अंकले सुधारिएको बजारमा कारोबार एक अर्बमैै सिमित हुँदा शेयर संख्यामा पनि कमी आएको छ ।

सबै समुह हरियो रहेको बुधबार बजारमा सबैभन्दा बढी निर्जिबन बिमा समुहमा १ सय ३४ अंकको सुधार आयो ।

यस्तै, जीवन बीमा, उत्पादन, लघुवित्त, जलविद्युत, विकास बैक, व्यापार समुहमा दोहोरो अंकको सुधार आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अरु समूह समान्य अंकले उकालो लागेका छन् ।

२ सय २९ कम्पनीको कारोवार भएको बजारमा १ सय ४८ कम्पनीको शेयर मूल्य बढेको छ । ३९ कम्पनीको मुल्य ओरालो लागको बजारमा ५ कम्पनीको मूल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।