
एजेन्सी । भारतीय फिल्म निर्देशक तथा निर्माता रामगोपाल वर्मा विरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
फिल्म निर्माणको नाममा पैसा लिएर फिर्ता नगरेपछि उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक वर्माले एक प्रोडक्सन हाउसका मालिकसँग ५६ लाख भारतीय रुपैयाँ लिएका थिए । तर, उनले प्रोडक्सन हाउसका मालिकलाई पैसा फिर्ता नगरेको भन्दै वर्मा विरुद्ध तेलंगनाको मियापुर प्रहरी चौकीमा मुद्दा दर्ता भएको हो ।
उजुरीकर्ताका अनुसार निर्देशक वर्माले सन् २०२० मा तेलुगु फिल्म ‘दिशा’ बनाउनका लागि पैसा लिएका थिए । तर, उनले अझै पैसा फिर्ता गरेका छैनन् । ‘सन् २०१९ मा मेरा एक जना साथीले वर्मासँग मेरो परिचय गराएका थिए , उजुरीकर्ताले भनेका छन् ।’ सन् २०२० जनवरीको पहिलो साता फिल्म निर्माणका लागि वर्माले ८ लाख भारतीय रुपैयाँ लिएका थिए । त्यसपछि उनले फेरी २० लाख भारतीय रुपैयाँ मागे र सन् २०२० कै फेब्रुअरीको दोस्रो साता वर्माले आफ्नो आर्थिक अवस्थालाई उद्धृत गर्दै २८ लाख भारतीय रुपैयाँ थप मागेका थिए । वर्माले सबै पैसा ६ महिनाभित्रमा फिर्ता गर्ने बाचा गरेका समेत उजुरीकर्ताले आरोप लगाएका छन् ।
उजुरीकर्ता भन्छन्, ‘मैले निर्देशक वर्मालाई विश्वास गरेर पैसा दिए । तर, मलाई सन् २०२१ को जनवरीमा थाहा भयो कि फिल्म ‘दिशा’ को निर्माता वर्मा मात्र होइनन् । वर्माले मलाई झुटो प्रलोभन दिएर मबाट पैसा लिएका रहेछन् ।’
प्रतिक्रिया दिनुहोस्