१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप ५ जनामा कोरोना संक्रमण


104
Shares

काठमाडौं । देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा २ हजार ७१७ जनामा गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।