
काठमाडौं । महिनावारी दिवसको अवसर पारेर काठमाडौंमा बृहत साइकल र्याली हुने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गरिने जानकारी गराइएको हो ।
‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे जनचेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्याली आयोजना गर्न लागिएको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले बताउनुभयो ।
बिहान साढे बजे बसन्तपुरबाट सुरु हुने र्याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ । र्यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्