
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले नगरबासीको न्यूनतम विद्युत् भुक्तानी गरिदिनेभएको छ ।
बुधबार पद तथा गोपनियताको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरबासीको न्यनूतम विद्युत् महसुल ३० रुपैयाँ नगरपालिकाले भुक्तानी गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले न्युनतम विद्युत् महसुलमा ३० रुपैयाँ बुझाउनुपर्ने सम्पूर्ण घर–परिवारको विद्युत् महसुल नगरपालिकाले भुक्तानी गरिदिने र बढ्दो बसाइसराइलाई रोकथामको लागि रोजगारीको वातवरण सिर्जना गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
यस्तै सामुदायिक लिफ्टिङ्ग खानेपानीको महसुस ६० प्रतिशत रकम नगरपालिकाले भुक्तानी गर्ने, नगर भित्र अस्पतालमा सुत्केरी हुने महिलाहरूलाई पोषण स्वरुप २ हजार नगपालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
नगरभित्र रहेको पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत ४० जना विपन्न वर्ग विद्यार्थीलाई नगरपालिकाबाट छात्रवृत्ति उपलब्ध गराउने बताउनुभयो ।
जिल्ला न्यायाधीश बासुदेव न्यौपाने नगर प्रमुख श्रेष्ठलाई शपथ ग्रहण गराउनुभपद ग्रहण गराउनुभएको थियो । ६ पालिकामध्ये नीत नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा यस अघि जेठ ६ गते ५ पालिकाका प्रमुखले सपथ ग्रहण गरिसकेका थिए ।
सपथपछि नगरप्रमुख श्रेष्ठले सन्धिखर्क नगरपालिका उप–प्रमुख मिश्रा आचार्य वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
यता निवर्तमान सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल र निवर्तमान उपप्रमुख ठाकुर कुमार विक लाई पनि एक कार्यक्रमका बिच सम्मान समेत गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्