१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मिलन च्याम्सको निर्देशनमा ‘वर एण्ड वधु’ चलचित्र निर्माण हुने


390
Shares

काठमाडौं । मिलन च्याम्सको निर्देशनमा वर एण्ड वधु चलचित्र निर्माण हुने भएको छ ।

बुधबार काठमडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको नाम सार्वजनिक गरिएको हो ।

चलचित्रमा वरिष्ठ कलाकार विजय लामा, वरिष्ठ कलाकार किरण केसी, नायिका आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

यही चलचित्रबाट विवेक कर्माचार्यले चलचित्रमा डेब्यू गर्दैछन् । चलचित्रमा विवाहसम्म पुग्दा जीवनमा भोगेका विषयवस्तुलाई उठान गरिने निर्देशक च्याम्सले बताउनुभयो ।

उहाँले अबका दिनमा पनि नेपाली चलचित्रले उत्कृष्ट कथावस्तु दिन नसके नेपाली सिनेमा क्षेत्र कमजोर रहने बताउनुभयो । उहाँले आगामी दिनमा नेपाली चलचित्रलाई साथ र सहयोग गर्न पनि दर्शकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार विजय लामाले चलचित्रमा आफ्नो अभिनय विल्कुलै नयाँ तरिकाको हुने बताउनुभयो । त्यस्तै वरिष्ठ कलाकार किरण श्रेष्ठले केही निर्देशकहरुको फिल्म खेल्ने आफ्नो चाहना अब पूरा हुने बताउनुभयो ।

उहाँले नेपाली चलचित्रलाई माया गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नायिका आँचल शर्माले आजको कार्यक्रम र चलचित्रको घोषणासँगै आफू नेपाली नायिका भएको महशुस भएको बताउनुभयो ।

वर एण्ड वधु चलचित्रको आधा छायाङ्कन विदेश र आधा काठमाडौंमा हुने छ । विदेशमा रहने नेपालीको कथालाई पनि चलचित्रमा समेटिनेछ ।