१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


‘कबड्डी ४’ लाई भारतमा पनि प्रर्दशन गरिने


377
Shares

काठमाडौं । यही जेठ १३ गतेदेखि नेपालमा प्रर्दशनमा आउन लागेको फिल्म ‘कबड्डी ४’ लाई भारतमा पनि प्रर्दशन गर्न लागिएको छ ।

फिल्मलाई भारतका १५ शहरमा असार २ गतेदेखि प्रर्दशन गरिने भएको हो । मंगलबार सिलुगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा पनि फिल्म प्रदर्शनको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए ।

नेपालीहरू धेरै बसोबास गर्ने भारतका दार्जिलिङ, सिलिगुडी, गुवाहाटी, जस्ता १५ शहररूमा कबड्डी ४ लाई प्रर्दशनमा गर्न लागिएको हो । भकरतका यती धेरै शहरहरूमा एकैसाथ नेपाली फिल्म प्रर्दशन गर्न लागिएको यो पहिलो पटक हो । फिल्मलाई सुष्मा प्रोडक्सनले भारतमा प्रदर्शन गर्न लागेको हो । असार १ गते हुने फिल्मको भारत प्रिमियरमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरसहित २० जनाको समूह त्यहाँ जाने भएका छन् ।

निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ लाई नेपाल, अष्ट्रेलिया, जापान जस्ता देशमा भने जेठ १३ गते शुक्रबारको दिन देखिनै प्रर्दशन गरिने छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउँमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, स्व. जयनन्द लामा र विजय बरालको मुख्य भूमिका रहेको छ । फिल्मको कथालाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् भने विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले निर्माण गरेका हुन् ।
नेपालमा फिल्म ‘कबड्डी ४’ का लागि हलहरुमा अग्रिम टिकट बुकिङ भैरहेका छन् ।

‘कबड्डी ३’ लाई भारतमा ४८ लाख रुपैयाँमा बिक्री गरिएको थियो भने ‘कबड्डी ४’ लाई त्यो भन्दा बढी मूल्यमा बिक्री गरिएको छ ।