एजेन्सी, बैशाख ३ । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।
त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४८७ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।
महाराष्ट्र राज्य भाइरसबाट धेरै प्रभावित भएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ७८ जनाको मृत्यु भएको र दुई हजार ६ सयभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ ।
मध्य प्रदेशमा ५०, दिल्लीमा ३० र गुजरातमा २८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार ३५९ जना संक्रमित निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्