२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रौतहटको थप २ पालिकाको मत परिणाम सार्वजनिक

फतुवा विजयपुरको प्रमुख र उपप्रमुखमा कांग्रेस तथा गरुडाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसले विजय

1.56k
Shares

रौतहट । रौतहटको १८ वटै पालिकाको नजिता सार्वजनिक भएको छ ।

पछिल्लो गरुडा र फतुवा विजयपुर नगरपालिकाको मत परिणाम सार्वजनिक भएपछि रौतहटको १८ वटै पालिकाको नतिजा सार्वजनिक भएको हो ।

रौतहटको फतुवा विजयपुरमा नेपाली काग्रेसले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ भने गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

फतुवा बिजयपुरमा कांग्रेसका गोपाल राय यादबले नगरप्रमुख पदमा ४ हजार ८५१ मत र उपप्रमुख पदमा अमदेबा खातुनले ५ हजार १६२ मत प्राप्त गरी विजयी हुनु भएको हो । नगर प्रमुख र उपप्रमुखमा उहाँहरुको निकटतम प्रतिद्वन्द्वीमा एमालेका विजय यादवले ३ हजार ३६१ मत र उपप्रमुखमा ३ हजार ६६८ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, गरुडा नगरपालिकाको प्रमुखमा एमालेका कन्थमणी प्रसाद कलवारले ४ हजार ५६४ मत र उपप्रमुखमा कांग्रेसका पुनम कुमारी चौधरीले ६ हजार ७०३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँहरुको निकटतम प्रतिद्वन्द्वी नगरप्रमुखमा नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदबार बृज किसोर यादवले ४ हजार ५२६ मत प्राप्त गर्नु भएको छ भने उपप्रमुखमा बिन्दु कुमारी देबीले ४ हजार ४७७ मत प्राप्त गर्नु भएको छ ।

योसँगै रौतहटमा कांग्रेसले प्रमुख पदमा चन्द्रपुर, राजपुर, परोहा, माधब नारायण, कटहरिया, गढिमाई र फतुवा बिजयपुर नगरपालिका गरी ७ पालिकामा विजय हासिल गरेको छ । यस्तै, नेकपा एकिकृत समाजवादीले प्रमुख पदमा गौर, राजदेबी, बृन्दाबन र बौध्दिमाई गरी ४ पालिकामा विजय हासिल गरेको छ । एमालेले मौलापुर, देबाही गोनाही र गरुडा गरी ३ पालिकामा बिजय हासिल गरेको छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ईशनाथ नगरपालिका, यमुनामाई गाउपालिका गरी २ पालिका, जनता समाजवादी पार्टी (जसपा)ले गुजरा र नेकपा माओवादी केन्द्रले दुर्गाभगबती गाउँपालिकामा विजय हासिल गरेको छ ।