१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जेष्ठ नागरिकको घरमै उपचार गरिदिने


104
Shares

बैतडी । पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जनयुद्धका घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ ।

नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो ।

प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारहरुलाई सम्मानस्वरुप प्रतिपरिवारलाई वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरूका लागि निःशुल्क उपचार हुने गरी स्वास्थ्य बिमा गर्ने निर्णय भएको नगरप्रमुख बमले जानकारी दिनुभयो ।

यस्तै, नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क अध्ययनका साथै नगरपालिकाले पुर्चाेडी हाट स्वास्थ्यचौकीबाट चिकित्सकीय सेवा सुचारु गर्ने, जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

पुर्चौडी नगरपालिकाका १० वटै वडाहरूमा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्रमा उज्यालो पुर्चाेडी घोषणा गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै, निवर्तमान पुर्चौडी नगरपालिका प्रमुख रण बहादुर कुवँर र निवर्तमान उपप्रमुख जानकी ऐर बमलाई पनि एक कार्यक्रममा बिदाई समेत गरिएको हो ।

स्थानीय तहको निर्वाचनमा पुर्चौडीमा नेपाली कांग्रेसले जितेको हो । २०७४ मा माओवादीले जितेको थियो ।