२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्युठानमा साइकल पल्टिँदा एकको मृत्यु


1.326k
Shares

काठमाडौं । प्युठानको प्युठान नगरपालिका–१ बेलुवामा बुधबार साँझ साइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

चेरनेटाबाट जुम्रीतर्फ आउँदै गरेको साइकल अनियन्त्रित भई पल्टिँदा सोही नगरपालिका–२ जुम्रीका ५० वर्षीय गोपाल शाहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहको उपचारका क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरी बिट क्वाडी प्युठानले जनाएको छ ।