
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाउनु भएको छ ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताउनुभएको हो ।
सत्तापक्षको धाँधलीले गर्दा १४ दिनसम्म पनि परिणाम आउन नसकेको उहाँको भनाइ थियो । गठबन्धनले बुथ कब्जा गरेको ठाउँमा पनि प्रहरी निरीह भएर भएर बसेको उहाँको भनाइ छ ।
देशका कुनै पनि स्थानमा प्रतिपक्षका कारण चुनाव स्थगित नभएको ओलीले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्