१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धन एमालेलाई सिध्याउन लागेको ओलीको आरोप


1.183k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह निर्वाचनमा प्रतिपक्षी दलमाथि निर्मम ढंगबाट प्रस्तुत भएको आरोप लगाउनु भएको छ ।

प्रतिनिधि सभामा बिहिबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं ओलीले यस्तो आरोप लगाउनु भएको हो । सरकार स्थानीय तह निर्वाचनमा प्रतिपक्षी दलका कार्यकर्तालाई आक्रमण गर्ने गरी उत्रिएको ओलीको आरोप छ । उहाँले सरकारले धाँधलीपूर्ण रुपमा निर्वाचन गराएको भन्दै सत्ता समर्थक दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिन प्रहरीलाई नै परिचालन गरेको दाबी गर्नु भयो । अध्यक्ष ओलीले राज्य संयन्त्र प्रयोग गरेर सरकारले निर्वाचनमा धाँधली गरेको भन्दै एमालेका कारण कही पनि निर्वाचन स्थगित नभएको दाबी गर्नुभयो । एमालेलाई सिध्याउन सत्ता गठबन्धन नियोजित रुपमा लागेको ओलीको आरोप थियो ।