
काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ओलीले सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको जेरी जस्तो भएको बताउनु भएको हो ।
‘नीति कार्यक्रम भनेर ६५ पृष्ठमा १ सय ४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तर्वस्तुतर्फ पटक्कै ध्यान नगइकन वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो खल्लो, गुजुल्टिएको । चास्नीमा हाल्न भ्याएको छैन’, उहाँले भन्नुभयो ।
ओलीले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्