१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गेटा मेडिकल कलेजको माग गर्दे आन्दोलन


208
Shares

कैलाली । सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

उनीहरूले गेटा मेडिकल कलेजलाई समेट्न माग गर्दे सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् ।

धनगढी र अत्तरियाका स्थानीयले स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन थालेका छन् ।

मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिमवासीले आन्दोलन थालेका हुन् ।

अत्तरियामा लोकराज पाण्डेको संयोजकत्वमा युवाहरू आन्दोलित बनेका हुन् । बिहानैबाट धनगढीमा तीन स्थानमा गेटा मेडिकल सञ्चालनको पक्षमा हस्ताक्षर संकलनसमेत थालिएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताउनुभयो ।

संकलित हस्ताक्षर प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई बुझाईने छ ।

शुक्रबार बिहान ८ देखि १० बजेसम्म गेटा मेडिकल कलेजमा पुगेर प्लेकार्डसहित धर्ना दिइने र शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइने सुनारले बताबताउनुभयो । त्यति गर्दा पनि आफूहरूको एक बुँदे माग सुनुवाइ नभए आइतबारबाट रिले अनसन थालिने उहाँले जानकारी दिनुभयो ।