
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच छुट सम्वन्धि संझौता भएको छ ।
संझौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा क्रमश : ७ तथा १० प्रतिशतको छुट पाउनेछन् । सम्झौता पश्चात् ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ट अधिकतम् १० प्रतिशतसम्मको छुट दिइनेछ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्