२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


यौन दुर्व्यवहार गर्ने शिक्षाकलाई कारवाहीको माग गर्दै माईतीघरमा विद्यार्थीको प्रदर्शन


416
Shares

काठमाडौं । सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले यौन दुर्व्यवहार गर्ने शिक्षाकलाई तत्काल कारवाही गर्न माग गरेका छन् । विरोध प्रदर्शनमा बोल्दै आन्दोलनरत विद्यार्थी प्रशंसा रायमाझीले गत तीन महिनादेखि विद्यार्थीलाई एक शिक्षकले अफिसमा बोलाएर यौन दुर्व्यवहार गरेको बताउनुभयो ।

विद्यार्थीहरुले महिला विद्यार्थीमाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समय यता विरोध प्रदर्शन गरिरहेका छन् ।