१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१४५ बुँदे नीति तथा कार्यक्रमका ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश


117
Shares

काठमाडौं । संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका छन् ।

६५ पृष्ठमा १ सय ४५ बुँदामा समेटिएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका हुन् ।

प्रमुख विपक्षी नेकपा एमालेका हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, भीमबहादुर रावल र खगराज अधिकारीले प्रतिनिधिसभामा संशोधन प्रस्ताव पेश गरेका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्तावको सूचना पेश गर्नुभएको छ ।

राष्ट्रिय सभामा संशोधनका सूचना पेश गर्नेमा मनोनित सांसद डा विमला राई पौड्याल, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह, नेकपा (एमाले) का सांसदहरु भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ र विमला घिमिरे हुनुहुन्छ ।

उहाँहरुले १० बुँदामा संशोधनको सूचना पेश गर्नुभएको छ ।