
सुनसरी । निर्वाचित भए लगत्तै धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले नगरलाई सफा र सुन्दर बनाउने अभियान सुरु गर्नुभएको छ ।
धरानलाई सफा र सुन्दर राख्ने अभियान सुरु गरेका राई आफैँ झाडु लिएर सडक सरसफाइमा जुट्नुभएको हो ।
धरानमा मुसलधारे वर्षा रोकिने वित्तिकै मेयर राईले धरानको मूख्य बजार रहेको भानुचोक र बसपार्क क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्नुभयो ।
मेयर आफै झाडु लिएर बजार सरसफाइमा निस्किएपछि उपमहानगरपालिकाका सफाई कर्मचारी, नगर प्रहरी, स्थानीय वासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक कर्मचारीहरूले साथ दिएका थिए ।
सधैं सफा र सुन्दर शहरको पुरस्कार पाउने धरान पछिल्लो समय दुर्गन्ध फैलिएकाले धरानलाई सुन्दर र सफा राख्न आफुले सरसफाई अभियान संचालन गरेको राईको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्