
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा स्वागतयोग्य रहेको बताउनुभएको ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको देशकै ठूलो प्लास्टिक मेला उद्घाटनका अवसरमा अध्यक्ष गोल्छालेस्वदेशी उत्पादन बढाउनका लागि महासंघले भिजन पेपर तयार पारेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो ।
तरलताको समस्याले निरास बनेको निजीक्षेत्रलाई उत्साही बनाउने गरी बजेटले प्याकेज ल्याउने आशा उहाँले व्यक्त गर्नुभयो ।
अध्यक्ष गोल्छाले प्लास्टिक कुनै पनि क्षेत्रका लागि नभइ नहुने अत्यावश्यक बस्तु भए पनि सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको गुनासो गर्नुभयो ।
उद्योगीहरूले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार घटाएर पाँच प्रतिशत कायम गर्न पनि सरकारसमक्ष आग्रह गर्नुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले ‘मेक इन नेपाल मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने घोषणा गर्नु मुलुकमा औद्योगिक वातावरण राम्रो बन्न सक्ने अवस्था बनेको बताउनुभयो ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले प्लास्टिकजन्य सामग्री विना दैनिक व्यवहार नै चल्न नसक्ने भन्दै उचित व्यवस्थानको माग गर्नुभयो । उहाँले यसका लागि मुलुकभित्र नै प्लाष्टिक प्रशोधन उद्योग स्थापना गरिनु पर्ने बताउनुभयो ।
प्लास्ट नेपाल फाउण्डेशनले आयोजना गरेको प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योग र भारतलगायत अन्य देशका समेत करिब ५ हजार प्लास्टिक उद्यमी व्यवसायी सहभागी भएको बताइएको छ ।
प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, कच्चा पदार्थ र मेसिनरी उपकरणहरुका स्टल राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्