
हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ ।
प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति भएको हो ।
जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आव ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।
त्यही दिन बस्ने दोसो बैठकमा मूख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूचि तय भएको छ ।
जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्