१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फरार बलात्कार आरोपी प्रधानाध्यापक पाँच वर्षपछि काठमाडौंबाट पक्राउ


0
Shares

काठमाडौं । बलात्कारका फरार आरोपी शिक्षक राजकुमार खड्का घटना भएको झण्डै ५ वर्षपछि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

२०७४ सालमा सुनसरी इटहरी स्थित ब्लुमिङ्ग लोटस इङ्गलिस स्कूलको प्रध्यानाध्यापक रहेका खड्कामाथि सोही स्कूलका १५ वर्षीया विरामी छात्रालाई धरानको घोपा क्याम्प जनहित गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोप छ ।

छात्रालाई स्कूलबाट निकाली दिन्छु भन्दै धम्क्याएर बलात्कारका गरेको प्रहरीले जनाएको छ । पीडित छात्राले स्कूल छाडी अर्कै स्कूल पढ्न गए पनि खड्काले विवाह गर्छु भनी फकाएर पटक–पटक बलात्कार गरेको खुलेको छ ।

२०७५ सालमा जाहेरी दरखास्त परे पनि आरोपी खड्का फरार थिए । सिन्धुली कमलामाई स्थायी घर भएका खड्का काठमाडौंको टोखामा डेरा गरी बसेको सुइँको पाएपछि प्रहरी पक्राउ गर्न सफल भएको थियो ।

थप अनुसन्धानका लागि उनलाई सुनसरी लगिने छ ।