
web pic
काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक सफराज देवानको मृत्यु भएको हो ।
भेडिया खोला बालुवा लोड गर्न जाने क्रममा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका देवानको उपचारको क्रममा वीरगञ्ज स्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्