१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जिपको ठक्करबाट एकको मृत्यु


299
Shares

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पुर्वको हुप्सेकोट गाउँपालिका–६ जवडाँडामा बिहीबार राति जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

लु १ ज २२७२ नम्बरको जिपले ठक्कर दिँदा स्थानीय २६ वर्षीय महेन्द्र ढेंगा मगरको मृत्यु भएको हो ।

पैदल हिडिरहेका मगरलाई जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ ।