
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन) को जितले मूलधारका दललाई बदलिन सन्देश दिएको टिप्पणी गर्नुभएको छ ।
उहाँले आज शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यस्तो बताउनुभएको हो । जनताको काममा काठमाडौं महानगरपालिकाका जननिर्वाचित मेयरलाई सघाउनु दलको कर्तव्य भएको पनि उहाँले बताउनुभएको छ । बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी रहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकाे तर्क छ ।
काठमाडौं महानगरपालिकामा बालेनको विजयले आफूहरूलाई सकारात्मक ढंगले जबर्जस्त दवाब दिएको पनि उहाँले उल्लेख गर्नुभएको छ। मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले ‘वैकल्पिक राजनीतिको नारा र दल’ नरोजेको भन्दै उहाँले अवस्थाप्रति रुष्ट मतदाताले व्यवस्थाको विकल्प नखोजेको तर्क पनि गर्नुभएको छ । वैकल्पिक राजनीतिको नारासहितको दल र उम्मेदवारको उपस्थिति मैदानमा हुँदासमेत बालेनलाई साथ दिनुले यसलाई पुष्टि गरेको उहाँले बताउनुभएकाे छ ।
उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा यस्तो लेख्नुभएकाे छ :

प्रतिक्रिया दिनुहोस्