
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगमा टिम खरिदका लागि टेन्डर आह्वान गरेको छ ।
क्यानले असोजमा गर्ने भनेको प्रतियोगितामा सहभागी ६ टिमका लागि टेन्डर आह्वान गरेको हो । इच्छुक लागनीकर्तालाई टेन्डरका लागि प्रक्रिया खुला गरिएको हो । टेन्डरको मिति जुन १० तारिखसम्म रहेको छ ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कर्मसियल र रणनीतिक साझेदार रहेको प्रतियोगिताका लागि क्यानले यसअघि ६ टिमका नाम सार्वजनिक गरेको छ । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी वा भैरहवा र फार वेस्टर्न नाम तय गरेको छ ।
क्यानले नेपालमा हालसम्म सञ्चालनमा हरेका अन्य फ्रेन्चाइजी लिगहरूले नेपाली क्रिकेटमा पुर्याएको कदर गर्दै अबबाट अन्य लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रूपमा मान्यता नदिने जनाएको छ ।
तर, क्षेत्रीय लिगको संरचना सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरेको छ । बिहीबार नै एभरेष्ट प्रिमियर लिग आयोजक र ६ वटा टिमले क्यानको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्