
काठमाडौं । रुपन्देहीको भैरहवास्थि नेपाल आयल निगमको भलबारी डिपो ठूलो आगलागी हुनबाट जोगिएको छ ।
डिपोको पेट्रोल भण्डारणको मुखैमा दुईवटा पेट्रोल ट्याङ्करमा आगो लागेको थियो ।
बिहान डिपोमा पेट्रोल खन्याउन आएका ५ वटामध्ये पहिलो लाइनमा रहेका २ वटा ट्याङ्करमा आगो लागेको डिपो प्रमुख नवविनोद पोखरेलले जानकारी दिनुभयो ।
पेट्रोल खन्याउने क्रममा एक्कासी आगो लागेपछि टायर पड्केका कारण दोस्रो ट्याङ्करलाई हटाउन सकिएको थिएन ।
अहिले डिपो पूर्ण रूपमा आगोबाट सुरक्षित पारिएको र थप अनुसन्धान भइरहेको बताइएको छ । डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुन्छ ।
आगो थप फैलिएको भए अकल्पनीय दुर्घटना हुने भन्दै डिपोले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
उता मुग्लिन–नारायणगढ सडकखण्डस्थित १५ किलो भन्ने ठाउँमा गुडिरहेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किँदा आगलागी भएको छ ।
उडिसाबाट धादिङका लागि हिँडेको यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटको अगाडिको भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण सडकमा ठूलो संख्यामा सवारी साधन बीच सडकमै रोकिएका छन् । घटनामा कुनै मानवीय क्षति भएको छैन ।
प्रतिक्रिया दिनुहोस्