२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाली समाज विचलनतिर गइरहेको छ : अध्यक्ष दाहाल


1.573k
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ ।

शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज बिचलनतिर गइरहेको बताउनुभएको हो ।

उहाँले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताउनुभयो । उहाँले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी गर्नुभयो ।

उहाँले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रीत हुन जरुरी रहेको बताउनुभयो ।