१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुरकी मेयर दाहाल सवार गाडी जावलाखेलमा दुर्घटना


962
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको बहिनी गंगाले जानकारी दिनुभयो ।

दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको उहाँले बताउनुभयो ।

‘ठूलो चोट होइन, सुमेरु अस्पतालमा सिटिस्क्यानपछि हामी घर जाने तयारीमा छौं,’ उहाँले भन्नुभयो ।

दाहाल भरतपुरको मेयरमा पुनः निर्वाचित भएपछि काठमाडौं आउनुभएको हो ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडीको दुर्घटनामा परेको हो । गाडी अगाडिको भागमा क्षति पुगेको छ ।