
धनकुट । प्रदेश नम्बर १ उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गगामले धनकुटालाई प्रादेशीक राजधानी बनाउन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ ।
शुक्रबार नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री हाङ्गगामले भौगोलिक, हावापानी, पूर्वाधार लगायतले समेत उपयुक्त रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाउने बिषय उठाउँदा साथ नपाएको बताउनुभयो ।
धनकुटालाई राजधानी बनाउनुपर्छ भन्ने माग गर्ने आफू मात्र भएको उहाँको प्रष्टिकरण छ ।
विराटनगर राजधानी हुँदा पूर्वी पहाडी जिल्लालाई अपाएक भएको उहाँले बताउनुभयो । ताप्लेजुङ्ग घर भएका सांसद धनकुटामा राजधानी बनाउनुपर्छ भनेर माग गर्ने एक मात्र सांसद हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्