१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चालू आर्थिक वर्षमा ११२ वटा मानव अधिकार हन्नका घटनामा उजुरी दर्ता


117
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा १ सय १२ वटा मानव अधिकार हनन्का घटनामा उजुरी दर्ता भएको छ ।

आयोग अध्यक्ष तपबहादुर मगरले आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षमा ३ सय ३९ वटा उजुरीको निर्णय गरिएको जानकारी दिनुभयो । महिला अधिकार, जातीय विभेद, बालअधिकार र विकासका विषयलाई लिएर आयोगमा उजुरी आउने गरेको अध्यक्ष मगरले बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानूनको तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जघन्य घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको दाबी गर्नुभयो ।

गृहमन्त्री खाँणले आयोगको स्वायत्तता र स्वतन्त्रलाई आँच आउन नदिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।