
कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।
प्रदेश सभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताउनुभयो ।
उहाँका अनुसार ३ बजे बैठक बोलाउन निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्