
एजेन्सी । बंगाली सिने क्षेत्रकी अर्की अभिनेत्रीले आत्महत्या गरेकी छन् ।
शुक्रबार कोलकात्तामा मञ्जुषा नियोगी नामकी अभिनेत्रीले आत्महत्या गरेकी हुन् । बंगाली सिनेक्षेत्रमा पछिल्लो १५ दिनमा ३ अभिनेत्रीले आत्महत्या गरिसकेका छन् ।
नियोगीको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको आत्महत्याको कारण भने खुलेको छैन ।
१५ दिन पहिला अर्की अभिनेत्री पल्लवी डेकोे शव उनको घरको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीको अनुसन्धानले उक्त घटनालाई आत्महत्या बताएको थियो । उनको परिवारले हत्याको उजुरी दिएपछि प्रहरीले लिभइनमा बस्ने पल्लवीका प्रेमीलाई पक्राउ गरेका थिए ।
यस्तै, गत बुधबार अर्की अभिनेत्री बिदिशा डे मजुमदारको शव पनि झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको फ्ल्याटमा सुसाइड नोट फेला पारेको थियो ।
बिदिशाका निकटका साथीका अनुसार प्रेमीको अन्य प्रेमीकाहरू भएको थाहा पाएपछि उनी डिप्रेसनमा पुगेकी थिइन् । तर, सुसाइड नोटमा भने उनले आफू क्यान्सरपीडित भएको बताएकी थिइन् । पारिवारिक स्रोतका अनुसार उनमा क्यान्सर थिएन ।
मञ्जुषा र बिदिशा नजिकका साथी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मञ्जुषाको आमाका अनुसार बिदिशाको मृत्युपछि मञ्जुषा डिप्रेसनमा थिइन् ।
प्रतिक्रिया दिनुहोस्