
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत भएको बताउनु भएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताउनुभएको हो ।
उहाँले जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक दलहरुले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले नेपालमा शोषण र उत्पीडनको पापको घडा भरिसकेको भन्दै अब परिवर्तनको विकल्प नरहेको जिकिर गर्नुभयो ।
सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसको बारेमा छलफल र समीक्षा हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली जनताले खोजेको समृद्धि र विकासलाई शासक वर्गहरुले सत्ता र कुर्सीमा सिमित गरेको आरोप लगाउनुभयो । सांसद महतोले नेपालमा लोकतन्त्रको दुरुपयोग भएकोले अब सोच्ने बेला आएको बताउनुभयो ।
सांसद महतोले शासक वर्गले नेपाली जनताप्रति अन्याय गरिरहेको भन्दै नेपाली नागरिकलाई उन्मुक्ति दिन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्