२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


८ हजार मिटर अग्ला सबै हिमाल चढ्ने पहिलो महिला बनिन् पूर्णिमा श्रेष्ठ


624
Shares

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभास्थित मकालु हिमालको सफल आरोहण गरेकी छन् । श्रेष्ठले शुक्रबार बिहान करिब १० बजेर ५० मिनेटमा मकालु शिखरको सफल आरोहण गरेकी हुन् ।

नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेको फोटो पत्रकार क्लबले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्लबकी सदस्य समेत रहेकी श्रेष्ठको यो सातौं आरोहण हो ।

गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सगरमाथा, धवलागिरी, ल्होत्से, कञ्चनजंघा, मनास्लु, अन्नपूर्णको आरोहण गरिसकेकी छन् । ८ हजार ४ सय ८५ मिटर अग्लो विश्वको पाँचौं अग्लो हिमाल मकालु हो ।

यो नेपाल र चीन तिब्बतको स्वायत्त क्षेत्रको सीमामा रहेको सगरमाथाबाट १९ किलोमिटर दक्षिण पूर्वमा अवस्थित महालङ्गुर हिमशृंखलामा पर्दछ ।

नेपालमा आठ हजार मिटर भन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु छन् ।