
एजेन्सी । इराकको संसदले इजरायलसँग सम्बन्ध सुधार गर्ने कार्यलाई गम्भीर अपराध करार गर्ने विधेयक पारित गरेको छ ।
जियोनिष्ट निकायसँग सम्बन्ध विकास अथवा सामान्यीकरणको अपराधीकरण शीर्षकको विधेयक पारित भएको हो । विधेयक अनुसार अब इजरायलसँग सम्बन्ध विस्तार वा सुधार गर्ने जो कसैलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ ।
३ सय २९ सदस्यीय इराकको संसदका २ सय ७५ विधायकले विधेयकको पक्षमा मतदान गरेका थिए । इराकले हालसम्म इजरायललाई राष्ट्रको मान्यता दिएको छैन । इराकी नागरिक तथा उद्योगलाई इजरायल प्रवेशमा बन्देज छ ।
नयाँ कानुन सम्पूर्ण इराकी नागरिक, सरकारी तथा नीति संस्थान लगायत त्यहाँ काम गरिरहेका विदेशीमाथि पनि लागू हुनेछ । यो विधेयक इराकका प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल–सद्रले प्रस्ताव गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्