
काठमाडौं । १०औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ ।
कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।
प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले जानकारी गराएका छन् ।
हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रोले ३० हजार पुरस्कार पाउने छन ।
चौंथोले २० हजार र पाँचौंले १० हजार पाउँदा कर्पोरेट लगायतका विजेतालाई समेत विभिन्न प्याकेज उपलब्ध गराईने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्