
काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा वाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपिजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गर्नुभयो ।
उहाँले पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताउनुभयो । त्यसैगरी उहाँले सरकार एक चिन नीतिको विपरित अगाडी बढेको हो ? भन्ने प्रश्न समेत गर्नुभयो । अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बति शरणार्थीलाई भेट्न दिएको प्रति उहाँले आपत्ति जनाउनुभयो ।
उहाँले एमालेलाई हमला गरेर सिध्याउने र स्थानीय तहको निर्वाचन नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारुढ गठबन्धनको योजना असफल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्