
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
आज (शनिबार) बिहान हाल देशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शनिबार दिउँसो भने प्रदेश-१,मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शनिबार राती भने प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भनेआंशिक बदली रहने भएकाे छ।
साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्