
अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणमा परि मृत्यु भएका मृतकका परिवारलाई डिभिजन वन कार्यालयले ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
गुल्मी घर भई सन्धिखर्क ४ वाङला स्थित मामाघर बस्ने ७ वर्षीय सम्राट नेपालीको चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो। राहत स्वारुप डिभिजन वन कार्यालय अर्घाखाँचीले मृतककी आमा जुना नेपालीलाई नगद ५० हजार प्रदान गरिएको डिभिजन वन अधिकृत मदन प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो।
त्यस्तै, गुल्मीको रेसुङ्गा नगरपालिकामा घर भएकी जुना नेपाली सन्धिखर्क–४, वाङला अमलडाँडा विगत केही समयदेखि छोरालाई त्यही पढाउदै माइती घरमा बस्दै आउनुभएको थियो। बिहिबार भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्यानरत छोरा स्कुल गएर फर्किएपछि खाजा खाएर आँगनमा खेलिरहँदा बिहीबार साँझ चितुवाले आक्रमण गरेर लगेको थियो।

आक्रमण गरेलगत्तै स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा घरबाट करिब एक किलोमिटर टाढा जंगलमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले बताउनुभएकाे हाे।
त्यस्तै, चितुवालाई नियन्त्रणमा लिनका लागि चितुवाको आवतजावत कोरिडोर पाईला लगायतका विषयमा डिभिजन वन कार्यालय अर्घाखाँचीले अनुसन्धान गरेको जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्