८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नाडाल र जोकोभिच चौंथो चरणमा


130
Shares

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल र विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।

नाडालले नेदरल्यान्ड्सका बोटिच भान डी जन्ड्सचुल्पलाई तथा जोकोभिचले स्लोभानियाका अल्जाज बेडेनेलाई हराउँदै चौंथो चरणमा स्थान प्रवेश गरेका हुन् ।

पेरिसमा शुक्रबार राति कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले बोटिचलाई ६–३, ६–२ र ६–४ ले तथा जोकोभिचले बेडेनेलाई ६–३, ६–३ र ६–२ ले पराजित गरेका थिए ।

चौथो चरणमा नाडालले क्यानडाका फेलिक्स औगर अलियास्मीसँग तथा जोकोभिचले अर्जेन्टिनाका डिएगो स्वार्चम्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।