११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अमेरिकामा कोरोनाबाट साढे २८ हजारको मृत्यु, संक्रमित हुने साढे ६ लाखनजिक


0
Shares

एजेन्सी, बैशाख ४ । अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट साढे २८ हजारको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या पनि साढे ६ लाखनजिक पुगेको छ ।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ४४ हजार नाघेको छ भने २८ हजार ५ सयभन्दा बढीको मृत्यु भएको हो ।

अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या २ लाख नाघेको छ ।

अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ६५ हजार नाघेको छ ।

बेलायतमा १२ हजार ८ सयभन्दा बढीको मृत्यु हुँदा ९८ हजारबढी संक्रमित भएका छन् । स्पेनमा १८ हजार ८ सय जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ । फ्रान्समा १७ हजार १ सयको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैगरी इरानमा ४७७७, बेल्जियममा ४४४०, जर्मनीमा ३८०४, चीनमा ३३४२, नेदरल्याड्समा ३१३४, ब्राजिलमा १७५७, स्वीट्जरल्याण्ड १२३९, स्वीडेनमा १२०२ जनाको मृत्यु भएको छ । भारतमा ४२२ को मृत्यु भएको छ भने १२ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख ८३ हजार नाघेको छ भने कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सयभन्दा बढी छ । ५ लाख १० हजार भने उपचारपछि निको भई घर फर्किएका छन् ।