
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा जनतालाई सहुलियत दिनुपर्ने बताउनुभएको छ ।
शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद थापाले यस्तो बताउनुभएको हो ।
उहाँले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि हुँदा महँगी समेत बढेको भन्दै जनतालाई सहुलियत दिनपर्ने बताउनुभयो । ‘परिवारको आम्दानी बढेको छैन, खर्च बढेको बढ्यै छ,’ उहाँले भन्नुभयो, ‘पेट्रोलिय पदार्थमा नागरिकलाई कहीँ न कहीँ नागरिकलाई छुट दिनुपर्छ । उनीहरूलाई राहत दिनुपर्छ ।’
पेट्रोलियम पदार्थको बढ्दो आयात नै व्यापारघाटा न्यूनीकरणको चुनौति भएको थापाको भनाइ छ ।
थापाले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभ संकटग्रस्त हुँदै गएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्