१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


उपाधिका लागि रियल मड्रिड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदै


689
Shares

काठमाडौं । यू.ई.एफ.ए च्याम्पियन्स लिग फुटबलको आज शनिबार हुने फाइनल खेलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्ने भएका छन् ।

फ्रान्सको स्टेट डे मा शनिबार राति १२ः४५ बजे हुने युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगितामा उपाधिका लागि दुई ठुला क्लब लिभरपुल र रियलको यो फाइनल खेलले विश्वको ध्यान केन्द्रित गरेको छ ।

शनिबारको खेलमा लिभरपुल यस सिजन तेस्रो उपाधिको खोजीमा रहने छ भने ह्याट्रिक उपाधिका लागि लिभरपुल च्याम्पियन्स लिग जित्न दाउमा रहेको छ ।

यसअघि युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ खेल भएको छ । त्यसमध्ये रियल चारमा विजयी रहेको छ भने लिभरपुलले तीन खेल जितेको छ ।

यी दुई टिमको अन्तिम भेट सन् २०२०–२०२१ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भएको थियो भने च्याम्पियन्स लिगको फाइलनमा भने दुई टिमबीचको यो तेस्रो भेट हो ।